११ असोज २०८३ English
English

कालीगण्डकीको बाढीले पर्वतको जलजलामा करिब दुई दर्जन घर बगायो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकीको बाढीले पर्वतको जलजलामा करिब दुई दर्जन घर बगायो
तस्बिर: इमेजखबर

निरन्तरको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा करिब दुई दर्जन घर बगाएको छ।

वडाध्यक्ष हिरविकास जिसीका अनुसार बाढीले करिब दुई दर्जन घर बगाएको हो। फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको र बाढीको रफ्तार बढ्दो रहेको जनाइएको छ।

कालीगण्डकीको बहाव अत्यधिक बढ्दा वारीबेनी, फर्से र सेतीबेनी बजारका दर्जनौँ घरमा क्षति पुगेको छ। बाढीका कारण तीन बस्ती विस्थापित भएका छन्।

क्षतिको विवरण अहिले नै यकिन गर्न नसकिने स्थानीयले बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार