मनाङमा थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी, केही घर डुबानमा

मनाङमा अविरल वर्षापछि थुनिएको मर्स्याङ्दी नदी खुलाउने प्रयास जारी छ। घट्टेखोलाले बगाएर ल्याएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवाले मर्स्याङ्दी नदी थुनिएको हो।
थुनिएको नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ। नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगिरहेको छ। पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन्।
नदी खुलाउने काममा इन्धन पुर्याउनै समस्या भइरहेको छ। थुनिएको नदी पूर्ण रूपमा खुलाउन विभिन्न प्रयास भइरहेका छन्।
पछिल्लो अविरल वर्षा र बाढीपहिरोका कारण मनाङ जिल्ला प्रभावित बनेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


