दैनिक १० लाखभन्दा बढीको सेयर कारोबारमा धितोपत्र बोर्डको निगरानी

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा दैनिक १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नेमाथि निगरानी गर्ने नयाँ व्यवस्था गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी रोक्न जारी गरेको २०८३ को निर्देशनमा यो व्यवस्था छ। निर्देशनअनुसार कसैले एकै दिनमा यस्तो कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले त्यसको विवरण राख्नुपर्नेछ।
सो विवरण १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत पठाउनुपर्नेछ। यस्तो कारोबारको रकम, श्रेस्ता र हिसाब सञ्चालनसम्बन्धी छुट्टै अभिलेख पनि राख्नुपर्नेछ। कारोबारमा प्रयोग भएको रकमको स्रोतसमेत खुलाउनुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।
सेयरमा लगाइएको रकम कहाँबाट आयो र कसरी प्रयोग भयो भन्नेमा निगरानी राख्न यसले सजिलो बनाउने बोर्डको भनाइ छ। निर्देशनमा राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान गर्नुपर्ने व्यवस्था पनि समेटिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
