१३ असोज २०८३ English
English

वर्षाले क्वार्टरफाइनल रद्द, एसियाली खेलकुद क्रिकेटबाट नेपाल बाहिरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
वर्षाले क्वार्टरफाइनल रद्द, एसियाली खेलकुद क्रिकेटबाट नेपाल बाहिरियो
तस्बिर: राजधानी

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार बिहान हुने तय भएको तेस्रो क्वार्टरफाइनल खेल बिहानैदेखि परेको वर्षाका कारण हुन सकेन। वर्षाका कारण खेलको टससमेत हुन सकेन।

खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ। समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालले एक बल पनि नखेली प्रतियोगिताबाट बिदा लिनुपरेको छ।

प्रतियोगितामा लगातार परिरहेको वर्षाले यो खेलमा पनि बाधा पुर्‍याउन सक्ने अवस्था खेलअघि नै देखिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार