जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
मृत्यु हुने युवक जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय हुन्। उनीसहित दुई युवकमाथि धारिलो हतियार प्रहार गरिएको थियो।
प्रहरीका अनुसार सोही ठाउँका करिब २२ वर्षीय मोहम्मद इर्साद खानले छुरा प्रहार गरेका हुन्। प्रहरीले इर्सादलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा एक जना पक्राउ परेका छन्। घाइते युवकको उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


