कांग्रेस महाधिवेशन आइतबारदेखि, भौतिक प्रचार सामग्रीमा रोक, डिजिटल प्रचारमा जोड

नेपाली कांग्रेसले आइतबार, असोज १८ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनमा उम्मेदवारहरूका लागि कडा आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार महाधिवेशन स्थल भृकुटीमण्डप तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पाइने छैन। डिजिटल प्रचार भने गर्न पाइनेछ। आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी पनि दिइएको छ।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधिमैत्री तरिकाले सम्पन्न गर्ने तयारी गरिएको र १०० वटा डिजिटल बोर्डमार्फत प्रचार हुने बताए। पूर्वसभापति शेरबहादुर देउवाले असोज १८ गते दिउँसो खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्नेछन्।
महाधिवेशनलाई रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका पुष्पकमल दाहालले सम्बोधन गर्ने तय भएको कांग्रेस नेता उदयशमशेर राणाले जानकारी दिएका छन्।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता असोज १९ गते सोमबार हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


