हुम्लामा जडीबुटी संकलन गर्न गएका मुगुका एक जनाको मृत्यु, नौ जना सम्पर्कविहीन

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।
मृत्यु हुने र सम्पर्कविहीन हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु तथा छायलका स्थानीय रहेका छन्।
मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार मुगुम कार्मारोङ–९ का २२ वर्षीय गणेश बुढाको लेक लागेर मृत्यु भएको हो।
सम्पर्कविहीन भएका नौ जनामध्ये तीन जना भने पछि सम्पर्कमा आएको जनाइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


