२२ असोज २०८३ English
English

अस्ट्रेलियाले नेपालको बाढी राहत र पुनःस्थापनाका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गर्‍यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अस्ट्रेलियाले नेपालको बाढी राहत र पुनःस्थापनाका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गर्‍यो
तस्बिर: रातोपाटी

अस्ट्रेलियाले नेपालको बाढी राहत तथा प्रारम्भिक पुनःस्थापनाका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ।

अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङले बिहीबार मेलबर्नमा यो सहयोग घोषणा गरेकी हुन्। त्यही दिन मेलबर्नमा परराष्ट्रमन्त्री शिशिर खनाल र विदेशमन्त्री वङबीच द्विपक्षीय बैठक भएको थियो।

बैठकमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो।

घोषित सहयोग अस्ट्रेलियाले नेपाललाई पहिले गरेको सहयोगभन्दा थप हो। यो रकम बाढी राहत तथा प्रारम्भिक पुनःस्थापनामा खर्च गरिनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार