१८ असोज २०८३ English
English

कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृसहित धेरै नेताको उम्मेदवारी घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृसहित धेरै नेताको उम्मेदवारी घोषणा
तस्बिर: नेपाल प्रेस

नेपाली कांग्रेसको आजदेखि सुरु भएको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि धेरै नेताले उम्मेदवारी घोषणा गरेका छन्।

केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। न्यौपाने कांग्रेस संसदीय दलकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन्।

हाल सहमहामन्त्री रहेका योगेन्द्र चौधरी र प्रकाश रसाइली 'स्नेही'ले फेरि सोही पदमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। पुनः सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रसाइलीले गगन थापाको नेतृत्वमा कांग्रेस र देशलाई बलियो बनाउन लाग्ने बताए।

यस्तै केन्द्रीय सदस्य अब्दुल सत्तार, चितवनका पूर्वपार्टी सभापति विकास कोइराला र दोलखा सभापति बर्मा लामाले पनि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। लामाले जनजाति समावेशीतर्फबाट उम्मेदवारी दिने बताएका छन्।

महाधिवेशनको तालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र हुनेछ भने असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार