२३ असोज २०८३ English
English

प्रसारण लाइनको तार फेरिँदै, उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रसारण लाइनको तार फेरिँदै, उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुने
तस्बिर: बिजमाण्डू

काठमाडौं उपत्यकामा शनिबार र आइतबार दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्यका कारण असोज २४ र २५ गते विद्युत् आपूर्तिमा असर पर्ने भएको हो।

प्रसारण लाइनका पुराना तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लाइन बन्द गरिने भएको छ। उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन यो काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

कामका क्रममा मातातीर्थ, स्युचाटारलगायतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार