बागलुङमा बाढीपहिरो: ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ६१ घरगोठ बगाएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले जिल्लाका ५१ घरमा आंशिक क्षति पुगेको छ।
लगातार तीन दिन परेको वर्षाका कारण जिल्लाको निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। बाढीपहिरोले यी क्षेत्रमा घर तथा गोठमा ठूलो क्षति पुर्याएको छ।
जिल्लामा बाढीपहिरोका कारण १२ जनाको मानवीय क्षति भएको नेपाल प्रेसले जनाएको छ।
यसै वर्षाका क्रममा आएको बाढीपहिरोबाट बगेका र आंशिक क्षति पुगेका घरसम्बन्धी यो विवरण जिल्ला प्रशासन कार्यालयले संकलन गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


