कालीगण्डकी कोरिडोर ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याइने, ४६ स्थानमा क्षति

अविरल वर्षाका कारण अवरुद्ध कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। असोज ८ गतेदेखि परेको वर्षाले सडकका विभिन्न खण्डमा पहिरो खसेको, सडक कटान भएको र पुलको एप्रोच सडक बगाएको छ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला खण्डका ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ। मुस्ताङबाट आएका विवरणअनुसार यो सडक पूर्ण रूपमा सञ्चालनमा आउन एक साता लाग्नेछ।
यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा क्षति पुर्याएपछि त्यहाँ आवतजावत ठप्प भएको छ।
चीनले सिन्धुपाल्चोकको तातोपानीको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेपछि नेपालमा आयात हुने सरसामान यही बाटो हुँदै आउन थालेको थियो। बीबीसी नेपालीका अनुसार यो प्रबन्ध सुरु भएको एक महिनामै नाकासम्मको बाटो कैयौँ ठाउँमा पहिरोले अवरुद्ध भएको छ र दसैँका लागि ल्याइएका केही सामान कोरलामै अड्किएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


