२० असोज २०८३ English
English

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने
तस्बिर: रातोपाटी

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ।

करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ। यो लाइन काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको छ।

लाइन सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिएर उपत्यकाको विद्युत् आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिका लागि निर्माण भइरहेको आयोजना हो। सोही आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्ड अब सञ्चालनको तयारीमा पुगेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार