२१ असोज २०८३ English
English

गुल्मीमा खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर एकको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गुल्मीमा खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर एकको मृत्यु
तस्बिर: नागरिक

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो।

भण्डारी खेतमा पानी लगाउन गएका बेला दुर्घटनामा परेका थिए। लत्रिएको तारको सम्पर्कमा आएपछि करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार