सुदूरपश्चिममा असोज १५ भित्र बजेट ल्याउने तयारी, मुख्यमन्त्रीको सांसदलाई ब्रिफिङ

सुदूरपश्चिम प्रदेश सरकारले असोज १५ गतेभित्र आगामी बजेट ल्याउने तयारी अघि बढाएको छ। सत्तारूढ नेकपाको संसदीय दलको गत बुधबार बसेको बैठकले सांसदहरूलाई असोज ८ गतेसम्म आफ्ना योजना बुझाउन आग्रह गरेको छ। प्रमुख सचेतकसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम चौधरीको विषय प्रवेशसँगै सुरु भएको बैठक करिब साढे तीन घण्टा चलेको छ।
मुख्यमन्त्री खगराज भट्टले सबै मन्त्रालयलाई ९ गतेसम्म योजना प्रविष्ट गर्न निर्देशन दिइसकेको जानकारी दिनुभएको छ। उहाँले सरकार गठनदेखिको राजनीतिक अवस्था र नीति आयोगमा भएको नियुक्तिबारे पनि सांसदहरूलाई जानकारी गराउनुभएको छ। सांसदका लागि योजना छनोटको सिलिङ पुरानै आधारमा दिने सङ्केत मुख्यमन्त्री भट्टले गर्नुभएको छ।
उपनेतासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माण प्रक्रिया सुरु भइसकेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ। बजेटमा सत्ता गठबन्धनमा रहेका दलका योजनासमेत समेट्ने विषयमा बैठकमा छलफल भएको छ। बैठकमा छलफल भएको १७ बुँदे दस्ताबेज ग्रहण गर्न मुख्यमन्त्री भट्ट सहमत हुनुभएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


