बाढीपहिरोले करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीपहिरोले जलविद्युत् आयोजनासँगै प्रसारण तथा वितरण संरचनामा पनि क्षति पुर्याएकाले विद्युत् उत्पादन र आपूर्ति प्रभावित भएको बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोज ९ को बाढीपहिरो र भदौ १० को भोटेकोशी बाढीका कारण ६ सय २० मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाहिर छ। असोज ९ गतेदेखिको अविरल वर्षाले केही जलविद्युत् उत्पादन केन्द्र बन्द भएका छन् भने प्रसारण र वितरण प्रणाली प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार राहुघाट जलविद्युत् आयोजना फेरि सञ्चालनमा आउन १० दिन लाग्छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ को २२० केभी हब बगाएको थियो। उक्त बाढीबाट प्राधिकरणका जलविद्युत् आयोजनामा ७४ अर्ब रुपैयाँ नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


