आजदेखि पर्सिसम्म वर्षा बढ्ने सम्भावना, हिमाली भूभागमा हिमपात हुन सक्ने

मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्। मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना छ। घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी प्रदेशमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार झापाको चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो