जाजरकोटमा अटो दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका प्रहरीले जनाएको छ। घाइते तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे दुर्घटना भएको हो। अटो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबाट जाजरकोटको नलगाडतर्फ आउँदै थियो।
भेरी करिडोर सडकखण्डमा भएको दुर्घटनामा अटो करिब ६५ मिटर तल खसेको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

