९ असोज २०८३ English
English

भारी वर्षाको चेतावनी: ४२ जिल्ला उच्च सतर्कतामा, सुरक्षा निकाय हाइ अलर्ट

· १ मिनेट पढाइ
भारी वर्षाको चेतावनी: ४२ जिल्ला उच्च सतर्कतामा, सुरक्षा निकाय हाइ अलर्ट
तस्बिर: नागरिक

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ।

आज कोशी प्रदेशको पहाडी तथा बागमती प्रदेशको पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको बुलेटिनमा उल्लेख छ। काठमाडौँमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म र वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ। पोखरा र विराटनगरमा पनि वर्षाको सम्भावना ६० प्रतिशत छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज करिब ३१ जिल्ला भएर बग्ने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। असोज ९, १० र ११ गते प्रायः सबै प्रमुख नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ। सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ४ दिनका लागि हाई अलर्टमा राखेको छ।

सुरक्षा निकायका कर्मचारीको बिदा कटौती गरिएको छ भने प्रमुख जिल्ला अधिकारीहरूलाई अत्यावश्यकबाहेक जिल्ला नछोड्न निर्देशन दिइएको छ। गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा पुगेर ४ दिनको पूर्वानुमानबारे जानकारी लिनुभएको छ।

यो समाचार भिडियोमा

भारी वर्षाको चेतावनी: ४२ जिल्ला उच्च सतर्कतामा, सुरक्षा निकाय हाइ अलर्ट

स्रोत

सम्बन्धित समाचार