फुर्केखोलाको वैकल्पिक सडक आज बिहान १० बजेदेखि ३ बजेसम्म बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मा पर्ने फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ। सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले यसरी बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधन चल्न पाउने छैनन्।
गत भदौ १० गते आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएको थियो। त्यसपछि यही वैकल्पिक सडक प्रयोगमा ल्याइएको थियो।
यो सडकले धादिङको सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्छ। काठमाडौँ–मुग्लिन सडकखण्डमा पर्ने यस ठाउँबाट यात्रा गर्नेहरूलाई तोकिएको समय ख्याल गर्न आग्रह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

