१३ असोज २०८३ English
English

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ नभई सुरक्षा थ्रेटपछि ‘रेस्क्यु’ गरिएको सरकारको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ नभई सुरक्षा थ्रेटपछि ‘रेस्क्यु’ गरिएको सरकारको दाबी
तस्बिर: अनलाइनखबर

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा) लाई पक्राउ नगरिएको दाबी गरेको छ। सुरक्षामा खतरा देखिएपछि उनलाई निवासबाट उद्धार गरी सुरक्षित स्थानमा लगिएको सरकारको भनाइ छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो स्पष्टीकरण दिएका हुन्। उनका अनुसार जबरालाई मोबाइलमा टेक्स्टमार्फत धम्की आएको थियो।

प्रवक्ता पोखरेलले उक्त थ्रेट जेनजीबाट नभई कुनै अपरिचित समूहबाट आएको बताए। धम्की आएपछि प्रहरीले उनलाई ‘रेस्क्यु’ गरेर सुरक्षा दिएको उनको भनाइ छ।

सोही क्रममा पत्रकारहरूले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई किन पक्राउ गर्न नसकिएको भनेर प्रश्न गरेका थिए। जवाफमा प्रवक्ता पोखरेलले जीबी राईबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार