आज देशभर आंशिक बदली, कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज मौसम आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
गत बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। त्यसयता छिटफुटबाहेक कतै पनि पानी परेको छैन।
हाल देशका धेरै ठाउँमा मौसम सफा रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो