भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका गड्डाचौकीबाट उद्धार, अभिभावकको जिम्मा

भारतमा पढाइदिने भन्दै लगिँदै गरेका हुम्लाका २५ जना बालबालिकालाई कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको छ। सबै बालबालिका सिमकोट गाउँपालिका वडा नम्बर ८ का बासिन्दा हुन्। नाकामै रोकिएका उनीहरूलाई विभिन्न निकायको समन्वयमा आज हुम्ला ल्याइएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभएको छ।
महेन्द्रनगरस्थित शान्ति बाल पुनःस्थापना गृह र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालबालिकालाई सुरक्षित घर फर्काउने पहल गरेका थिए। उनीहरूलाई हुम्लासम्म ल्याउन जिल्ला प्रहरी कार्यालय हुम्लाले सहयोग र समन्वय गरेको थियो। वडाध्यक्ष कमल बुढा र गाउँका अगुवाहरूको सहयोगमा सबै बालबालिका सकुशल परिवारसम्म पुगेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


