बाढीपहिरोले पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, मनाङ र म्याग्दीका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। रसुवाको पासाङ ल्हामु राजमार्ग, मनाङ जोड्ने बेंसीसहर–खाङसार सडक र म्याग्दीको बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन्।
विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सडक अवरुद्ध भएका स्थानमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गर्दै अद्यावधिक विवरण सार्वजनिक गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


