कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई लिएर आफ्ना धारणा पनि राखेका थिए।
काठमाडौंमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। यस महाधिवेशनमा कुल ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
कार्यतालिकाअनुसार मनोनयन दर्तापछिका सबै प्रक्रिया सम्पन्न भएपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


