१० असोज २०८३ English
English

बाढी–पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी–पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध
तस्बिर: रातोपाटी

बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएका छन्।

कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिकामा र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला गाउँपालिकामा सडक अवरुद्ध भएको हो। दुवै राजमार्ग अवरुद्ध हुँदा जिल्लाका मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको जनाएको छ। महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा 'अति भारी' वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लगातारको वर्षापछि बाढी र पहिरोका कारण देशका अन्य भागमा पनि सडक अवरुद्ध भएका छन्। पहिरो खसेपछि पृथ्वीराजमार्ग, बीपी राजमार्गलगायतका सडक अवरुद्ध हुँदा काठमाडौँको नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार