१७ असोज २०८३ English
English

कांग्रेसले प्रतिपक्षी भूमिका निभाउन सकेन: देउवा पक्षका नेता महत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेसले प्रतिपक्षी भूमिका निभाउन सकेन: देउवा पक्षका नेता महत

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसले संसद् भित्र र बाहिर प्रतिपक्षी दलको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप देउवा पक्षका नेता डा. प्रकाशशरण महतले लगाउनुभएको छ। काठमाडौँको महाराजगञ्जस्थित एक होटलमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा उहाँले विपक्षी कमजोर हुँदा सत्तारुढ दलले मनपरी निर्णय गर्ने र संसदीय लोकतन्त्र कमजोर हुने बताउनुभएको छ।

संविधान र लोकतन्त्रको मर्मविपरीत काम हुँदा पनि कांग्रेस बोल्न नसकेको उहाँको भनाइ छ। विशेष महाधिवेशनका पक्षधर बीपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल मान्यताबाट टाढिएको आरोप पनि महतले लगाउनुभएको छ। गगन थापाले गराएको अधिवेशन प्रक्रियामा वडा तहदेखि संलग्न केही नेता–कार्यकर्ता पनि अहिले आफ्नो समूहतर्फ खुल्न थालेको उहाँले दाबी गर्नुभएको छ।

प्रतिकूल अवस्थामा पनि नेता–कार्यकर्ता आफ्नै खर्चमा जिल्ला र वडा तहका भेलामा स्वतःस्फूर्त रूपमा सहभागी भइरहेको उहाँले बताउनुभएको छ। शेरबहादुर देउवाकै नेतृत्वमा १४ औँ महाधिवेशन सम्पन्न भएकाले १५ औँ महाधिवेशन गराएर उहाँले नै नेतृत्व हस्तान्तरण गर्ने महतको भनाइ छ। विशेष अधिवेशनका नाममा पार्टी बिथोल्न खोजिएको र त्यसको विरोधमा नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको पनि उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार