२२ असोज २०८३ English
English

पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ, स्थायी कमिटी बैठकमा सहभागी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वराष्ट्रपति भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ, स्थायी कमिटी बैठकमा सहभागी

YouTube मा सब्स्क्राइब

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिनुभएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। एमालेका अनुसार वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी हुनुभएको छ।

केन्द्रीय कमिटीले उहाँलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि दिएको छ। एमाले सचिवालयको ८ असोजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो, जसलाई पछि केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो। राष्ट्रपति बन्नुअघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो।

दुई कार्यकाल राष्ट्रपति रहनुभएकी भण्डारी करिब ११ वर्षपछि दलीय राजनीतिमा फर्किनुभएको हो। ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आगामी गतिविधि र सङ्गठनात्मक विषयमा छलफल हुने जनाइएको छ।

स्रोत

सम्बन्धित समाचार