स्थानीय र प्रदेश चुनाव सँगै गर्नेबारे अझै निर्णय भएको छैन: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक हुने वा नहुने विषयमा अहिल्यै केही भन्न नसकिने बताउनुभएको छ। राष्ट्रिय समाचार समितिको टोलीसँग बिहीबार आयोगमा भएको अनौपचारिक भेटमा उहाँले आयोग स्थानीय तहको आगामी निर्वाचनका लागि भित्री तयारीमा जुटेको बताउनुभयो। सरकारले तोकेको मितिमा निष्पक्ष र विवादरहित चुनाव गराउन आयोग प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
सरकारले फागुनमै स्थानीय चुनाव गराउने तयारी गरेको भन्ने खबरबारे सोधिएको प्रश्नमा कार्कीले मितिबारे आयोगले अहिले बोल्ने अवस्था नरहेको र संविधानअनुसार आयोगसँग परामर्श गरेर सरकारले मिति घोषणा गर्ने बताउनुभयो। स्थानीय निकाय लामो समय रिक्त राख्न नहुने आयोगको धारणा रहेको र सोहीअनुसार तयारी भइरहेको पनि उहाँले बताउनुभयो। हालका स्थानीय जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाखमा सकिँदैछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


