१९ असोज २०८३ English
English

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, चाँदीको भाउ बढ्यो
तस्बिर: थाहाखबर

नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने आज बढेको छ। महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भएको व्यवसायीहरूले जनाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार