१३ असोज २०८३ English
English

सहकर्मीलाई जबरजस्ती करणीको आरोप लागेका लेखा अधिकृत मैनालीलाई थुनामा राख्न सर्वोच्चको आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सहकर्मीलाई जबरजस्ती करणीको आरोप लागेका लेखा अधिकृत मैनालीलाई थुनामा राख्न सर्वोच्चको आदेश
तस्बिर: रातोपाटी

आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा अधिकृत प्रमोद मैनालीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

मैनाली कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा अधिकृत हुन्। सहकर्मीको जाहेरीपछि उनी बलात्कार आरोपमा पक्राउ परेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै मैनालीलाई थुनामा राख्न आदेश दिएको हो।

सर्वोच्चको आदेशअनुसार अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म मैनाली थुनामै रहनेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार