भोटेकोशी बाढीमा मृत्यु भएका र बेपत्ताका परिवारलाई रेडक्रसले एक लाख नगद दिने

नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
सोसाइटीले बाढीमा बेपत्ता भएका र मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने जनाएको छ।
गएको भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको बाढीले धेरै परिवार प्रभावित भएका थिए। प्रभावित परिवारका लागि विभिन्न निकायबाट राहत तथा पुनर्स्थापनाका काम भइरहेका छन्।
रेडक्रसको यो सहयोग बाढीमा परिवारका सदस्य गुमाएका र बेपत्ता भएकाका परिवारलक्षित रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


