९ असोज २०८३ English
English

असोज ८ देखि ठूलो वर्षाको चर्चा, मौसमविद्को स्पष्टीकरण

· १ मिनेट पढाइ

यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा चलेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ गतेदेखि १२ गतेसम्म पूर्वी भेगदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसानलगायत सर्वसाधारणलाई सजग रहन आग्रह गर्नुभएको छ।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले बङ्गालको खाडी र अण्डमान सागरबीच तीव्र गतिमा बन्दै गरेको न्यून चापीय प्रणाली केही दिनमै चक्रवाती आँधीमा बदलिन सक्ने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। आँधीमा परिणत भएमा त्यसको नाम अर्नब रहने र नेपालमा यसको प्रभाव असोज ८, ९ र १० गते देखिन सक्ने उहाँले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ। उक्त तीन दिन सुदूरपश्चिम बाहेकका भूभागमा लामो दूरीको यात्रा टार्नु उपयुक्त हुने सुझाव दिँदै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रस्ट निर्क्योल हुन बाँकी रहेको बताउनुभएको छ।

यो समाचार भिडियोमा

असोज ८ देखि ठूलो वर्षाको चर्चा, मौसमविद्को स्पष्टीकरण

स्रोत

सम्बन्धित समाचार