कांग्रेस महाधिवेशन: केन्द्रीय निर्वाचनमा कुनै प्यानल छैन, नाम जोडिएका सूची आधिकारिक होइनन् – गगन थापा

नेपाली कांग्रेसका सभापति तथा सभापतिका उम्मेदवार गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्। आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्।
'मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,' थापाले भनेका छन्। उनले मतदातालाई अफवाहमा नलाग्न तथा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि थापाको प्यानल भन्दै बाँडिएका उम्मेदवारको सूची भ्रामक रहेको बताएका छन्। 'हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउनु आवश्यक छैन,' शर्माले भनेका छन्।
यसैबीच, सभापतिका उम्मेदवार थापा मतदाता लाइन लागेको ठाउँमा पुगेर मत माग्न सुरु गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


