परीक्षामा पास गराइदिने प्रलोभन देखाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा शिक्षक पक्राउ

परीक्षामा पास गराइदिने प्रलोभन देखाएर नाबालिका छात्रामाथि बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।
उनीमाथि आफैँले अध्यापन गराउने १३ वर्षीया छात्रामाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ। प्रहरीका अनुसार उनले छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाएका थिए।
पक्राउ परेका शिक्षकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


