मदन भण्डारी कप भलिबल: पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

बुटवलमा भइरहेको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको दोस्रो संस्करणमा नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पञ्जाब र सभापोखरी भलिबल क्लब सेमिफाइनलमा पुगेका छन्। समूह ‘ए’ को अन्तिम खेलमा नेपाल पुलिसले बुधबार मणिमुकुन्द भलिबल क्लबलाई ३–२ सेटमा पराजित गरेको छ। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पाँच सेटसम्म तानिएको उक्त खेलको नतिजा २५–२०, २३–२५, २५–२०, १८–२५ र १५–१२ रहेको छ।
लगातार तीन जितसहित पुलिस समूह विजेता बनेको छ। खैराले श्रीलंका पुलिस क्लबलाई २५–२०, २५–२०, १९–२५ र २५–१७ ले ३–१ सेटमा हराउँदै समूह उपविजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। पराजित मणिमुकुन्द र श्रीलंका पुलिसको यात्रा समूह चरणमै सकिएको छ।
समूह ‘बी’ मा भारतीय खेलाडीको बाहुल्य रहेको सभापोखरीले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको टिकट पाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

