१२ असोज २०८३ English
English

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
तस्बिर: क्लिकमाण्डू

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्।

गत भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो। शर्मा पूर्वबैंकर हुन्।

इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। खड्का वि.सं. २०७९ असोज १२ मा इसेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार