प्रमुख नदीको जलसतह सामान्यतर्फ, आगामी तीन दिन अधिकांश नदीको बहाव सामान्य रहने

अविरल वर्षापछि बढेका देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणी नदीको जलसतह घट्दै गएको छ भने अन्य सबै प्रमुख नदीमा बाढीको जोखिम टरेको छ।
महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ।
यसैबीच, वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको सतह र बहाव पनि घट्दै गएको छ। लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मर्स्याङ्दी नदीको अवस्थाबारे तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारी दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
