१२ असोज २०८३ English
English

मकवानपुरको बकैयामा जमिन चिरा परेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मकवानपुरको बकैयामा जमिन चिरा परेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए
तस्बिर: नेपाल प्रेस

मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बस्तीमा एकाएक जमिन भासिएको र चिराचिरा परेको छ। प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिरा परेपछि एक दर्जनभन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

जमिन भासिएपछि बस्ती नै सार्नुपरेको हो। पछिल्ला दिनमा देशभर भएको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार