राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी, बेपत्तालाई एकैचोटि मृत घोषणा गर्न सकिने

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
जारी अध्यादेशअनुसार विपद्मा बेपत्ता भएका व्यक्तिहरूलाई सरकारले एकैचोटि मृत घोषणा गर्न सक्नेछ।
सरकारले राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। तीमध्ये विपद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश शुक्रबार जारी भएको हो।
विपद्सम्बन्धी विभिन्न नेपाल ऐनमा संशोधन गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको हो। अध्यादेश जारी भएसँगै सम्बन्धित ऐनहरूमा गरिएका संशोधन लागु हुने भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


