९ असोज २०८३ English
English

सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार बन्ने

· १ मिनेट पढाइ
सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार बन्ने
तस्बिर: नागरिक

सरकारले देशका सातै प्रदेशमा गरी २७ ठाउँमा नयाँ खेलकुद पूर्वाधार बनाउने भएको छ। खेल पूर्वाधार सुदृढीकरण र नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सहरी विकास तथा भवन निर्माण विभागबीच समझदारी भएको छ। बिहीबार मन्त्रालयमा मन्त्री सस्मित पोखरेलको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

विभागका महानिर्देशक रवीन्द्र बोहरा र परिषद्‌का सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गर्नुभएको हो। पहिलो चरणमा हरेक प्रदेशमा क्रिकेट रङ्गशाला, फुटबल रङ्गशाला र कभर्ड हललाई प्राथमिकता दिइने मन्त्री पोखरेलले बताउनुभएको छ। तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने सरकारको लक्ष्यतर्फ यो एक कदम भएको उहाँको भनाइ छ।

नयाँ पूर्वाधारले विद्यालय तहदेखि नै खेलकुदप्रति रुचि बढाउन मद्दत गर्ने मन्त्री पोखरेलको विश्वास छ। पाठ्यक्रममा खेलकुदलाई जोड्ने योजनाअनुसार पाठ्यक्रम पुनर्निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ।

यो समाचार भिडियोमा

सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार बन्ने

स्रोत

सम्बन्धित समाचार