राष्ट्र बैंकले बजारबाट एक महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको हो। यसअन्तर्गत २८ दिनका लागि निक्षेप सङ्कलन उपकरण निष्कासन गरिनेछ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। यसका लागि राष्ट्र बैंकले इच्छुक संस्थासँग प्रस्ताव माग गरेको छ।
बैंकिङ प्रणालीमा तरलता बढी भएका बेला राष्ट्र बैंकले यस्ता उपकरणमार्फत बजारबाट रकम खिच्ने गर्छ। यो रकम बोलकबोलमार्फत एक महिनाका लागि उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


