ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो, खोलामा पुग्यो

ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोले एउटा घर ढलेको छ। महानगरपालिकाका अनुसार पहिरोमा परी सिंगै घर ढलेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले उक्त घर ढलेर खोलामा पुगेको छ। प्रवक्ता मिश्रले सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको जानकारी दिए।
घरको तला र घरधनीबारे भने फरक विवरण आएका छन्। एक सञ्चारमाध्यमले महानगरपालिकाको वडा २४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको साढे तीनतले घर पहिरोमा परी पूर्ण रूपमा ढलेको उल्लेख गरेको छ।
अहिलेसम्म प्राप्त विवरणमा घटनामा मानवीय क्षति भएको उल्लेख छैन। पछिल्ला दिनमा देशभर परेको अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरोका घटना भइरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


