९ असोज २०८३ English
English

भारी वर्षा: ६८ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, प्रमुख नदीको जलसतह बढ्ने

· १ मिनेट पढाइ
भारी वर्षा: ६८ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, प्रमुख नदीको जलसतह बढ्ने
तस्बिर: राजधानी

बाढी पूर्वानुमान महाशाखाले आज पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङदेखि कालिकोटसम्मका धेरै जिल्लाका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। महाशाखाको विशेष बुलेटिनअनुसार आगामी करिब पाँच दिन कोशी, नारायणी, कर्णाली र महाकाली नदीको जलसतह बढ्ने सम्भावना छ।

कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीमा पनि पानीको सतह बढ्ने बुलेटिनमा उल्लेख छ। सप्तकोशी, तमोर, अरुण, त्रिशूली, कालीगण्डकी, भेरी र सेतीजस्ता सहायक नदी पनि यसमा परेका छन्। महाशाखाका बाढीविद् सौहार्द जोशीले प्रमुख तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

छोटो समयमा धेरै पानी पर्दा खहरेमा बहाव एक्कासि बढ्न सक्ने भएकाले खोला तर्न र नदी किनारबाट यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। मधेश र कोशीको तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

विभागका अनुसार पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत र काठमाडौँ, विराटनगर तथा जनकपुरमा ७० प्रतिशत छ।

यो समाचार भिडियोमा

भारी वर्षा: ६८ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, प्रमुख नदीको जलसतह बढ्ने

स्रोत

सम्बन्धित समाचार