२३ असोज २०८३ English
English

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ खिच्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ खिच्ने
तस्बिर: बिजमाण्डू

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ महिनाका लागि ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले यो कदम चालेको हो।

राष्ट्र बैंकले शुक्रबार, असोज २३ गते ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ। बोलकबोलमार्फत उठाइने यो रकम २ महिनाका लागि हुनेछ।

यसका लागि राष्ट्र बैंकले बोलकबोलमा सहभागी हुन प्रस्ताव माग गरेको छ। निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बजारमा रहेको रकम तोकिएको अवधिका लागि संकलन गर्ने हो।

बैंकिङ प्रणालीमा तरलता अधिक भएको अवस्थामा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार