कांग्रेस महाधिवेशन: ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व छान्न मतदान गर्दै, आजै गणना थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मतदान ७ बजेदेखि सुरु हुने भए पनि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधिलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको थियो।
बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ हुँदा एक दिन पछाडि सरेको हो। निर्वाचन समितिले आजै मतगणना थाल्ने तयारी गरेको छ।
एक जना प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान स्थल निर्माणमा संलग्नहरूका अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ। विभिन्न प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान स्थल तोकिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


