११ असोज २०८३ English
English

कालीगण्डकीले पोखरेबगरको पुल बगायो, म्याग्दीबाट मुस्ताङसँगको सडक सम्पर्क टुट्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकीले पोखरेबगरको पुल बगायो, म्याग्दीबाट मुस्ताङसँगको सडक सम्पर्क टुट्यो
तस्बिर: नेपाल प्रेस

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीको बाढीले बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेपछि गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि यो सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। पुल बगेपछि कोरला नाकासँगको सडक सम्पर्क पनि टुटेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार