१३ असोज २०८३ English
English

म्याग्दी नदीको बाढीले सिंगा तातोपानी कुण्डमा क्षति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्याग्दी नदीको बाढीले सिंगा तातोपानी कुण्डमा क्षति
तस्बिर: नेपाल प्रेस

म्याग्दी नदीमा आएको बाढीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिंगा तातोपानी कुण्डमा क्षति पुर्‍याएको छ।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि म्याग्दी नदीमा बाढी आएको थियो। उक्त बाढीले बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा क्षति पुगेको हो।

बाढीले कुण्डका पोखरीहरूमा क्षति पुर्‍याएको स्थानीय स्रोतहरूले जनाएका छन्। कुण्डमा तीन वटा पोखरी छन्।

लगातारको वर्षाका कारण म्याग्दीसहित देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट क्षति भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार