२३ असोज २०८३ English
English

मोरङको सुन्दरहरैंचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मोरङको सुन्दरहरैंचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ
तस्बिर: राजधानी

मोरङको सुन्दरहरैंचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था 'नेपाल न्यू कोभेनन्ट कलेज'बाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन्। उनीहरू शुक्रबार दिउँसो पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूमाथि पर्यटक भिसामा आएर धर्म प्रचार गरेको आरोप छ। उनीहरूको धार्मिक गतिविधिबारे अनुसन्धान भइरहेको छ।

पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। उनीहरू अक्टोबर १२ सम्म मोरङमै बस्ने कार्यतालिका थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार