११ असोज २०८३ English
English

पाल्पाको माथागढीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन जना बेपत्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पाल्पाको माथागढीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन जना बेपत्ता
तस्बिर: थाहाखबर

पाल्पाको माथागढी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको हो।

यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ३ भसकट्टामा आज बिहान पहिरो खस्दा स्थानीय लिलबहादुर घर्ती मगरको घर पुरिएको छ। घटनामा एकै परिवारका तीन जना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खसेको थियो।

बेपत्ता भएकाहरूको अवस्था अझै थाहा हुन सकेको छैन। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार